महोत्तरी आगलागीबाट २५ लाखको क्षति

हिमाल प्रेस २९ फागुन २०७९ ९:०३ | Monday, March 13, 2023
महोत्तरी आगलागीबाट २५ लाखको क्षति

महोत्तरी- महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट २५ लाख बराबरको क्षति भएको छ।

जिल्लाको गौशला नगरपालिका-५ मा रहेको एउटा मोबाइल पसल र बर्दिबास नगरपालिका-३ मा रहेको कुखुरा फर्ममा आगलागी हु्ँदा २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

नेवार डाडा कामिडाँडा सामुदायिक वनमा एक्कासी लागेको आगलागीले नमुना वस्तिस्थित सुरेश बस्नेतको खरले छाएको घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

खोरमा कुखुरा नरहेको र ५ लाख बरावरको पलाष्टिक र खोर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। त्यसैगरी गौशालास्थित दिपेन्द्र साहको सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा २० लाख बराबरको नोक्सान भएको छ।

प्रकाशित: २९ फागुन २०७९ ९:०३ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast