 
                             
                                            तनहुँ- तनहुँको आबुखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङ्दी नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार फेला पारेको छ ।
आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षीय घिमिरे फागुन १२ गतेदेखि सम्पर्कविहिन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दी नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो।
सोबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानीभित्र फेला पारी बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ।
                            प्रकाशित: १७ फागुन  २०७९ ७:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 