‘मौसमी कामदारका रूपमा विदेश जान पैसा नबुझाउनू’

हिमाल प्रेस १५ फागुन २०७९ १७:०८ | Monday, February 27, 2023
‘मौसमी कामदारका रूपमा विदेश जान पैसा नबुझाउनू’

काठमाडौँ- वैदेशिक रोजगार विभागले मौसमी काम लागि वैदेशिक रोजगारीमा जान पैसा नबुझाउन आग्रह गरेको छ। सोमबार सूचना जारी गर्दै विभागले मौसमी कामका लागि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी बढेको बताएको छ। ‘पछिल्लो समय मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यमहरूमा भ्रामक सूचना प्रकाशन गरी श्रमिकलाई विभिन्न मुलुकहरू खास गरी दक्षिण कोरिया पठाउने भनी विभागमा उजुरीहरू समेत प्राप्त भएको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मौसमी कामदारको रूपमा विदेश जान कुनै पनि शुल्क नलाग्ने विभागले स्मरण गराएको छ। ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ को दफा ४ अनुसार जाने कामदारले कुनै पनि शुल्क तिर्नु बुझाउनु नपर्ने व्यवस्थाको विपरित कतिपय व्यक्तिले भ्रामक सूचना फैलाई रकम उठाउने गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट यस विभागमा जानकारीमा आएको छ’ विभागले भनेको छ।

दक्षिण कोरियालगायत कुनै पनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न र रकम नबुझाउन विभागले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: १५ फागुन २०७९ १७:०८ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast