‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’का लागि नगद सहयोग

हिमाल प्रेस १५ फागुन २०७९ ७:५८ | Monday, February 27, 2023
‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’का लागि नगद सहयोग

काठमाडौँ- पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कारका लागि अक्षयकोष वृद्धिका गर्न नमस्ते ब्याण्डले र ७७ हजार सात सय ७७ रुपैयाँ सहयोग गरेको छ ।

पाँच दशकसम्म गीत–संगीतमा निरन्तर साधनारत रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका गुरुङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले उक्त अक्षयकोष स्थापना गरेको हो।

ब्याण्डको ३४ औँ वार्षिक उत्सवका अवसरमा ब्याण्डका अध्यक्ष ईश्वर गुरुङले उक्त रकम पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य संगीतकार, गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे। जापानमा सन् १९८९ मा जापानी र नेपाली सदस्य मिलेर नमस्ते ब्याण्डको स्थापना भएको थियो। देश विदेशमा रहेर नेपाली गीत, संगीत, गायन र वाद्यवादनमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि उक्त पुरस्कार स्थापना भई सञ्चालनमा आएको छ।

करिब चार वर्ष अघि ‘भेटरान ग्रुप’ हङकङले गायक तथा संगीतकार विक्रमको ‘मेरो संगीत यात्रा कार्यक्रम आयोजना गरी त्यसबाट वचत भएको रकम रु पाँच लाख अम्बरको नाममा पुरस्कार स्थापना गर्न यस परिवारलाई हस्तान्तरण गरिएको थियो।
तीन वर्षअघि पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रम अयोजना गरी त्यसबाट वचत रकम दुई लाख ५० हजार रुपैयाँ पनि सोही कोषमा थपिएको थियो।

उक्त कोष वृद्धिका लागि नेपथ्य, नेपालय, पलेटी एक÷एक लाख रुपैयाँ र संगीतकार, गीतकार तथा गायक विक्रम गुरुङले व्यक्तिगत तर्फबाट पनि रु एक लाख सहयोग गरिसक्नुभएको छ । हालसम्म कोषमा करिब रु १८ लाख जम्मा भइसकेको छ।

अझै पनि विभिन्न व्यक्ति र संघ‍÷संस्थाबाट सहयोग आउने क्रम जारी रहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं पुरस्कार स्थापना समितिका संयोजक सरूभक्तले जानकारी दिए।
‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’को राशि नगद रु दुई लाख, ताम्रपत्र र दोसल्ला रहनेछ । पुरस्कार यस वर्षदेखि प्रदान गरिने छ ।

प्रकाशित: १५ फागुन २०७९ ७:५८ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast