गोरखामा सडक नै नभएको ठाउँमा पुल बनाएको भन्दै गण्डकीका पूर्वसचिवविरुद्ध मुद्दा

हिमाल प्रेस १४ फागुन २०७९ १६:१५
54
SHARES
गोरखामा सडक नै नभएको ठाउँमा पुल बनाएको भन्दै गण्डकीका पूर्वसचिवविरुद्ध मुद्दा

काठमाडौँ- गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

गोरखाको गोरखा नगरपालिका-३ जरेवरस्थित दरौँदी नदीमाथि सडकनै नभएको ठाउँमा पुल बनाएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अन्य दुई जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम अख्तियारले मरहठ्ठाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी मरहट्टाले राज्यको सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ। बाटो नै नभएको ठाउँमा मोटरेवल पुल बनाएको भन्दै केही समय पहिले गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पनि निकै आलोचना भएको थियो।

प्रकाशित: १४ फागुन २०७९ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =