नेपालीको प्रतिव्यक्ति आय ३ वर्षभित्र करिब २ हजार डलर पुर्‍याउने सरकारी लक्ष्य

हिमाल प्रेस १३ फागुन २०७९ १६:४९
34
SHARES
नेपालीको प्रतिव्यक्ति आय ३ वर्षभित्र करिब २ हजार डलर पुर्‍याउने सरकारी लक्ष्य

काठमाडौँ- सरकारले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय करिब २ हजार डलर पुर्याउने लक्ष्य लिएको छ। राष्ट्रिय योजना आयोगले मध्यकालीन समष्टिगत आर्थिक लक्ष्य सार्वजनिक गर्दै आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ९ सय ३५ डलर पुर्याउने लक्ष्य लिएको हो।

गत आर्थिक वर्ष २०७८/७९मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ डलर रहेको छ। उक्त आय चालू आर्थिक वर्ष २०७९/८०मा १ हजार ४ सय ३४ डलर र आगामी आर्थिक वर्ष २०८०/८१ मा १ हजार ५ सय ७२ डलर पुर्याउने लक्ष्य आयोगले सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ७ सय ४० डलर र आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९ सय ३५ डलर पुर्याउने सरकारी लक्ष्य छ।

प्रकाशित: १३ फागुन २०७९ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast