मोरङ ५ मा एमालेका बागी उम्मेदवार विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १९:०३ | Thursday, November 24, 2022
मोरङ ५ मा एमालेका बागी उम्मेदवार विजयी

इटहरी– मोरङ ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार रहेका योगेन्द्र मण्डल निर्वाचित भएका छन्।

सत्तारुढ र प्रतिपक्षी एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै बागी उम्मेदवार मण्डल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका मण्डलले २१ हजार ८२० मत प्राप्त गर्दै निर्वाचित भए।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गर्दा एमाले-जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता राजकुमार यादवले १७ हजार ३९० मत प्राप्त गरे।

प्रकाशित: ८ मंसिर २०७९ १९:०३ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast