निर्माण व्यवसायी संघ काठमाडौँको अध्यक्षमा गौतमको उम्मेदवारी घोषणा

हिमाल प्रेस १२ फागुन २०७९ १३:०४ | Friday, February 24, 2023
निर्माण व्यवसायी संघ काठमाडौँको अध्यक्षमा गौतमको उम्मेदवारी घोषणा

काठमाडौँ- काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। फागुन १४ गते हुने उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा नवौं अधिवेशनका लागि गौतमले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

राजधानीको बानेश्वरस्थित एउटा होटलमा उम्मेदवारी घोषणा गर्दै गौतमले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायी पेशा धराशायी भएको दाबी गरे। ‘व्यवसाय संकटमा परेको छ। यसका लागि निर्माण व्यवसायीहरूको सुझाव अनुसार काम गर्नेछु र निर्माण व्यवसायी पेशालाई माथि उठाउनेछु,’ उनले भने।

गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ (विजय), उप महासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् । त्यसैगरी, उप-महासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह-कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन्।

बाँकी सदस्यका उम्मेदवारहरू पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार गौतमले प्रस्ट पारे। संघमा करिब एक हजार पाँच सय सदस्य रहेका छन्।

प्रकाशित: १२ फागुन २०७९ १३:०४ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast