अमेरिकन कम्पनी सेक्युरिटी पालको नेपालमा सेवा सुरु, राजदूत थम्पसनले गरे उद्घाटन

हिमाल प्रेस ९ फागुन २०७९ १६:५० | Tuesday, February 21, 2023
अमेरिकन कम्पनी सेक्युरिटी पालको नेपालमा सेवा सुरु, राजदूत थम्पसनले गरे उद्घाटन

काठमाडौँ– नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा सुरू गरेको छ। कम्पनीको अत्याधुनिक सुविधा सहितको ‘सेक्युरिटी अपरेसन कमाण्ड सेन्टर’ मंगलबारदेखि काठमाडौँमा सञ्चालनमा ल्याइएको हो। सेन्टरको नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले केन्द्रको उद्घाटन गरेका हुन्।

कम्पनीको उद्घाटन गर्दै राजदूत थम्पसनले सेक्युरिटी पालजस्ता कम्पनीले गतिशील उद्यमी तथा कम्पनीहरूलाई लाभ हुने विश्वास व्यक्त गरे। उनले विश्वभर नै सेक्युरिटी पालको उपस्थिति आवश्यक रहेको बताए। राजदूत थम्पसनले भने, ‘यस कम्पनीको विस्तार देख्दा म खुसी छु।’

सेक्युरिटी पालको अमेरिकास्थित सिलिकन भ्यालीमा केन्द्रीय कार्यालय छ। कम्पनीका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुकारचन्द्र हमालले सिलिकन भ्यालीमा स्थापना गरेको दुई वर्षपछि नेपालमा सेवा सुरु गरेको जानकारी दिए।

सेक्युरिटी पालले गत वर्ष क्राफ्ट भेन्चर्सको नेतृत्वमा २१ मिलियन डलरको सिरिज ए को लगानी घोषणा गरेको थियो। सोहीअन्तर्गत कमाण्ड सेन्टरको निर्माण भएको हो।

सेक्युरिटी पालले एप्टियो इंक, हाइहेल्लो इंक र मटेरियल सेक्युरिटी इंक पनि आफ्नो ग्राहक पोर्टफोलिओमा थपिएको जानकारी दिएको छ। अनुभवी सुरक्षा विश्लेषक आवद्ध यस कम्पनीले जापानी, जर्मन, स्पेनिस, पोर्चुगिज्, फ्रान्सेली लगायतका भाषामा समेत सेवा प्रवाह गर्नेछ। सेक्युरिटी पालले स्केलिङ कम्पनीहरूलाई सुरक्षा समीक्षा र प्रश्नावलीको जटिल एवम् विकसित प्रकृतिको सामना गर्न मद्दत गर्छ।

प्रकाशित: ९ फागुन २०७९ १६:५० | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast