यस्तो छ आजको मौसम

हिमाल प्रेस ९ फागुन २०७९ ७:०३
2
SHARE
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ।

प्रदेश नं १ का पहाडी भभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित: ९ फागुन २०७९ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =