पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन

हिमाल प्रेस ८ फागुन २०७९ ८:४३ | Monday, February 20, 2023
पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौँ- पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।
लामो समयदेखि दम र छाती रोगका संक्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको सोमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।

उनको ८८ वर्षको उमेरमा निधन भएको हो। विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए।
उनको मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिने परिवारले जनाएको छ।

प्रकाशित: ८ फागुन २०७९ ८:४३ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast