पशुपति आएका ४ हजारभन्दा बढी साधुको आज बिदाई

हिमाल प्रेस ८ फागुन २०७९ ७:५३
8
SHARES
पशुपति आएका ४ हजारभन्दा बढी साधुको आज बिदाई

काठमाडौँ- महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ आज(सोमबार) हुँदैछ। बिहान ११ बजेपछि पशुपति प्रांगणबाट बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिँदैछ। शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका लागि ८ देखि १० लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ । पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको संख्या बढेको कोषले जनाएको छ।

यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा संकलन भएको भेटीको गणना सुरु भएको छ ।

प्रकाशित: ८ फागुन २०७९ ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =