काठमाडौँ– नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गर्ने भएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको अगुवाईमा नागरिक अभियान चलाएपछि एमाले प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि उनले आफू अब एमालेमा नरहने बताएका हुन्।
प्रसाईंले आइतबार काठमाडौँ आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेको जनाएका छन्। एमाले केन्द्रीय कमिटी बैठकले ०७८ मंसिरमा उनलाई केन्द्रीय सदस्य चयन गरेको थियो। विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष ओली नजिक थिए।
एमाले केन्द्रीय नेताहरूको बैठकले प्रसाईंको कारबाहीबारे निर्णय गरिसकेको छैन।
प्रकाशित: ७ फागुन २०७९ १८:१४ | Sunday, February 19, 2023
प्रतिक्रिया




