मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस ६ फागुन २०७९ १२:१७ | Saturday, February 18, 2023
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पर्सा- पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। शुक्रबार राति पौने १२ बजे धोबिनी गाउँपालिका-४ पुलचोकमा प्रदेश नम्बर २-०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक गिरीले जानकारी दिए।

लंगडीबाट हरिपुर जाँदै गरेको मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनाबाट सखुवा प्रसौनी गाउँपालिका-६का १४ वर्षीय चालक दिपेशकुमार यादवको मृत्यु भएको हो।

त्यस्तै मोटरसाइकलमै सवार धोबिनी गाउँपालिका-४ बस्ने १० वर्षीय दिपु यादव सामान्य घाइते छन्।
शवको पोष्टमर्टमको लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको छ।

प्रकाशित: ६ फागुन २०७९ १२:१७ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast