संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पायो पूर्णता

हिमाल प्रेस ६ फागुन २०७९ ८:१४
64
SHARES
संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पायो पूर्णता

ताप्लेजुङ- ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन भएको दुई वर्षमा पूर्णता पाएको छ। शुक्रबार सिम्बुवाखोला उपभोक्ता समितिको गठनसँगै परिषद्ले पूर्णता पाएको हो।

परिषद्अन्तर्गत प्रमुख सात उपभोक्ता समिति छन्। समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी एक सय १८ समूह रहेका छन्। जसमा उपभोक्ता समूह ४६, आमा समूह ३८ र सामुदायिक वन उपभोक्ता समूह ३४ छन्।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गत २०७७ फागुन १३ गते निर्वाचन भएको थियो। विवादका कारणले सिम्बुवाखोला उपभोक्ता समितिको गठन प्रक्रिया रोकिएको थियो। सिम्बुवाखोला उपभोक्ता समितिको शुक्रबार गठन भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले दुई वर्ष पछि पूर्णता पाएको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए।

परिषद्का अनुसार सिम्बुवाखोला उपभोक्ता समितिमा सन्तोष हेल्लोकको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति गठन भएको छ। आशिष राई उपाध्यक्ष, धनमाया लिम्बू कोषाध्यक्ष र कृष्णमान नेयोङ सचिव चयन भए।

सदस्यमा अनिल राई, अन्जु लिम्बू, सुर्यमाया राई,प्रजापति हेल्लोक, रणमति लिम्बू, मिलन कोहिबा र स्थानीय तहको जनप्रतिनिधि एक पदेन सदस्य हुने व्यवस्था छ। उपभोक्ता समिति अध्यक्ष परिषद्को प्रतिनिधि सदस्य हुने छ।

परिषद्को कार्यक्रम संयोजक जितेन चेम्जोङका अनुसार समूहबाट निर्वाचित १३ सदस्यबाट अध्यक्ष चयन हुनेछ र परिषद् अध्यक्षले एक सदस्य मनोनित गर्ने व्यवस्था छ। जिल्ला समन्वय समितिको प्रतिनिधि पदेन सदस्यसहित १५ जनाको परिषद् सदस्य हुने व्यवस्था छ।

प्रकाशित: ६ फागुन २०७९ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =