सहकारीकर्मीद्वारा सभामुख घिमिरेको ध्यानाकर्षण

हिमाल प्रेस ५ फागुन २०७९ २१:४९ | Friday, February 17, 2023
सहकारीकर्मीद्वारा सभामुख घिमिरेको ध्यानाकर्षण सभामुख देवराज घिमिरे।

झापा- सहकारी अभियानका नाममा सहकारी संस्थाप्रति केही व्यक्तिले धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्। राज्यको नियम मानेर सञ्चालित सहकारीविरुद्ध धावा बोल्दै राज्यको उपस्थितिलाई नै नकार्ने गरी अभिव्यक्ति आउनु दुःखद रहेको भन्दै घिमिरेको ध्यानाकर्षण गराएका हुन्।

अभियानका तर्फबाट तीनबुँदे ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई बुझाइएको छ। अभियानकर्मीको प्रतिनिधित्व गर्दै महेन्द्रकुमार गिरीले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनले अभियानका नाममा सहकारी क्षेत्रमाथिको भइरहेको प्रहार नियन्त्रण गर्न माग गरे।

ध्यानाकर्षण पत्रमा सहकारी संस्थाका सदस्यले निक्षेप तथा बचतमा २५ लाख रुपैयाँ मात्र राख्न पाउने सहकारी ऐन, २०७४ को दफा ५२ मा गरिएको व्यवस्था संशोधन गर्न लागिएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ।

सहकारी अभियानकर्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले बैंक र वित्तीय क्षेत्रको नियमनका लागि नयाँ विधेयक संसद्मा छलफलको क्रममा रहकाले अभियानकर्मीले बुझाएको ध्यानकर्षणका बुँदा पनि समेटिने बताए। रासस

प्रकाशित: ५ फागुन २०७९ २१:४९ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast