भारतीय रुपैयाँसहित एक व्यक्ति त्रिभुवन विमानस्थलबाट पक्राउ

हिमाल प्रेस ५ फागुन २०७९ ८:१५ | Friday, February 17, 2023
भारतीय रुपैयाँसहित एक व्यक्ति त्रिभुवन विमानस्थलबाट पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- भारतीय रुपैयासहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँसहित ४६ वर्षीय भारतीय नागरिक टुकाराम मल्हारी गडधेलाई प्रहरीले पक्राउ गरेको हो।

एयर इन्डियाको उडानमार्फत काठमाडौँबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्नेक्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद भारतीय रुपैयाँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: ५ फागुन २०७९ ८:१५ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast