कांग्रेस नेता भण्डारीकी आमाको निधन

हिमाल प्रेस ४ फागुन २०७९ १३:३६ | Thursday, February 16, 2023
कांग्रेस नेता भण्डारीकी आमाको निधन

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको आज बिहीबार निधन भएको छ। ग्यास सिलिन्डर पड्केर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर ५७ मिनेटमा मृत्यु भएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ।

बुधबार राति ग्यास सिलिन्डर पड्केर भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। अस्पतालले स्रोतसाधन भएको सुविधायुक्त अस्पतालमा उपचारमा तत्काल लैजान अनुरोध गरेको थियो। सोहीअनुसार भण्डारीलाई भारत लैजाने तयारी गरिएको छ।

अस्पतालका अनुसार नेता भण्डारीको अनुहार, हात र खुट्टामा गरी ३० प्रतिशत भाग जलेको छ। उनकी आमाको भने ७० प्रतिशत भाग जलेको थियो।

उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

प्रकाशित: ४ फागुन २०७९ १३:३६ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast