भारतमा ओभरटेक गर्दा ठोक्किए दुई गाडी, पाँच जनाको मृत्यु

हिमाल प्रेस ४ फागुन २०७९ १०:०२ | Thursday, February 16, 2023
भारतमा ओभरटेक गर्दा ठोक्किए दुई गाडी, पाँच जनाको मृत्यु फाइल तस्बिरः जागरण

काठमाडौँ- भारत उत्तर प्रदेशको बांदा जिल्लामा बिहीबार बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यम जागरणका अनुसार जन्ती गएर फर्किँदै गरेको बोलेरो गाडीलाई ओभरटेक गर्ने क्रममा स्कोर्पियो गाडीले ठक्कर दिएको थियो। दुवै गाडी खाल्डोमा पल्टिएका थिए।

घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रबाट त्यहाँको जिल्ला अस्पताल रिफर गरिएको छ।

प्रकाशित: ४ फागुन २०७९ १०:०२ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast