प्रप्रासंघले भन्यो, क्याम्पस प्रमुख दुवाडीलाई आक्रमण गर्नेमाथि कडा कारबाही होस्

हिमाल प्रेस ४ फागुन २०७९ ८:०३
12
SHARES
प्रप्रासंघले भन्यो, क्याम्पस प्रमुख दुवाडीलाई आक्रमण गर्नेमाथि कडा कारबाही होस्

काठमाडौँ- प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण गर्ने दोषी उपर कडा कारबाही गर्न माग गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।

सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएको विषयमा सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेको आधारमा क्याम्पस प्रमुख दवाडीमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले आक्रमण गरेका थिए।

संघका अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट क्याम्पस हाता तोडफोड गरी क्याम्पस प्रमुख दुवाडीमाथि सांघातिक आक्रमण हुनु निन्दनीय कार्य हो।’

शैक्षिक संस्था र प्राज्ञिक व्यक्तित्वमाथि आक्रमण गरेर एकपटक फेरि माओवादी कार्यकर्ताले अराजक गतिविधि देखाएको विज्ञप्तिमा औँल्याइएको छ। ‘सत्ता र शक्तिको दुरुपयोग गरी भएका यस्ता कार्यको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल घोर भर्त्सना गर्दछ। यस घटनाबाट सत्ताको नेतृत्वमा रहेको दलबाट संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता उपहास भएको स्पष्ट छ’, विज्ञप्तिमा उल्लेख छ।

घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न हामी सरकारसँग माग गर्दै संघले प्राज्ञिक क्षेत्रमा आइन्दा अराजक गतिविधि नगर्न पनि सचेत गराएको छ।

क्याम्पस प्रमुखमाथि भएको आक्रमणको निन्दा

क्याम्पस प्रमुखमाथि आक्रमणबारे गोरखा कांग्रेसको गम्भीर ध्यानाकर्षण

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =