गाउँको इन्धन ‘गुइँठा’

हिमाल प्रेस ४ फागुन २०७९ ७:४१ | Thursday, February 16, 2023
गाउँको इन्धन ‘गुइँठा’

 दाङ- दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ। चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ।

दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताइन्। ‘दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ’, उनले भनिन्, ‘गुइँठा सजिलो लाग्छ।’

गाई, गोरु, भैँसी र राँगाको गोबरमा पसाल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ। गुइँठाले दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दैआएका छन्। पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् । अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन बढेको छ।

एक बिटा गुइँठा एक हजार पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताइन्।

गुइँठाको खरानी खेतीपातीमा मलका लागि प्रयोग हुन्छ। ‘गुइँठामा पकाएको खाना मिठो हुन्छ’, तुलसीपुर–१२ का खुसीराम चौधरीले भनिन्। खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उनको भनाइ छ।

प्रकाशित: ४ फागुन २०७९ ७:४१ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast