काठमाडौँ- ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका उनका सहयोगी भुवन भुसाल जानकारी दिए ।
भुसालका अनुसार अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।
‘अहिले उपचार भइरहेछ । उहाँको (भण्डारीको)शरीरको २५ प्रतिशत भाग जलेको जानकारी पाएका छौँ । आमाको ७० प्रतिशतभन्दा धेरै जलेको छ।’ भुसालले भने ।
प्रकाशित: ४ फागुन २०७९ ७:०६
प्रतिक्रिया