काठमाडौँ- फिल्म ‘जेरी’को दोस्रो भाग ‘जेरी अन टप’को थिम पोस्टर सार्वजनिक भएको छ। फेबु्रअरी १४ अर्थात भ्यालेन्टाइन्स डेका छेको पारेर फिल्मको सो पोस्टर सार्वजनिक गरिएको हो।
अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्मा मुख्य भूमिकामा रहने फिल्मको पोस्टरमा पिठ्यूँमा झोला र लौरी टेकेर उकालो लागेको युवालाई देख्न सकिन्छ।
सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘जेरी’ अनमोल र आना मुख्य भूमिकामा रहेका थिए। आठ वर्षपछि उनीहरू फेरि फिल्मको दोस्रो भागमा सँगै काम गर्ने भएका छन्। फिल्ममा अनमोल, आनाबाहेक पूर्णिका सिजापतिको पनि अभिनय रहने बुझिएको छ।
हेमराज बिसीको निर्देशन रहने फिल्मको छायांकन फागुन अन्तिमबाट सुरु हुनेछ। नेपालसहित अस्ट्रेलिया, अमेरिकालगायत देशमा फिल्म छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
प्रकाशित: ३ फागुन २०७९ ११:४९ | Wednesday, February 15, 2023
प्रतिक्रिया




