अनधिकृत रूपमा आफ्नो तस्बिर प्रयोग गर्नेलाई केकीको चेतावनी : हटाइदिनुहोला, तर कानुनी प्रक्रियामा जानेछु

हिमाल प्रेस १३ मंसिर २०८३ १२:०६ | Sunday, November 29, 2026
6
SHARES
अनधिकृत रूपमा आफ्नो तस्बिर प्रयोग गर्नेलाई केकीको चेतावनी : हटाइदिनुहोला, तर कानुनी प्रक्रियामा जानेछु

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले आफ्नो संलग्नता र अनुमतिबिना एक गेमिङ एपले नाम तथा तस्बिर प्रयोग गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले उक्त एपसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोग भइरहेको उल्लेख गर्दै अभिनेत्री अधिकारीले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्। तत्काल नाम र तस्बिर नहटाइएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनी उनले दिएकी छन्।

यस विषयमा सचेत रहन सबैलाई अनुरोध गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन। मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु। कृपया यसबारे सचेत रहनुहोला।’

प्रकाशित: १३ मंसिर २०८३ १२:०६ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast