अनमोल केसीले घोषणा गरे ५ प्रोजेक्ट

हिमाल प्रेस ३ वैशाख २०८३ ७:१८ | Thursday, April 16, 2026
2
SHARE
अनमोल केसीले घोषणा गरे ५ प्रोजेक्ट

काठमाडौँ- नायक अनमोल केसीले आफ्ना आगामी ५ प्रोजेक्ट घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत फिल्म घोषणासँगै सृष्टिप्रति कृतज्ञता व्यक्त गरेका हुन् । आफू जोडिएको ५ फिल्मका कथा अर्थपूर्ण रहेको उनको भनाई छ ।

केसीका अनुसार अबका लागि उनका केही ठुला फिल्म परियोजनाहरू तय भइसकेका छन् । जसमा ‘बाटुलो जून’, ‘ए मेरो हजुर–५’, ‘बिफोर वि मेट’ र ‘ जेरीस् द लास्ट क्लाइम्ब’लगायत रहेका छन् । उनले घोषणा गरेको यी‌ मध्ये ‘बाटुलो जून’ फिल्मको‌ छायाङ्कन सम्पन्न भइसकेको छ ।

यी उत्कृष्ट निर्माण टोली तथा प्रतिष्ठित ब्यानरसँग सहकार्य गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको उनले बताएका छन् । उनले आफ्ना दर्शक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै विश्वभर रहेका दर्शकहरूको माया र समर्थन नै आफ्नो शक्ति भएको उल्लेख गरेका छन् ।

अभिनेता केसीले सबैलाई साथ दिन आग्रह गर्दै आउनुहोस्, सँगै इतिहास रचौँ’ भन्ने सन्देशसमेत दिएका छन् ।

अनन्या फिल्म्सले २०८२ को सुपरहिट फिल्म ‘जेरी अन टप’ को सिक्वेल ‘जेरीस् द लास्ट क्लाइम्ब’ मा अनमोल केसी अनुबन्ध भएको जानकारी गराएको छ । सरोज न्यौपानेको निर्माणमा बन्ने यो फिल्म सुयोग गुरुङले निर्देशन गर्नेछन्।

 

प्रकाशित: ३ वैशाख २०८३ ७:१८ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast