एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनौँ : माधव नेपाल

हिमाल प्रेस ३ फागुन २०७९ ११:३८ | Wednesday, February 15, 2023
एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनौँ : माधव नेपाल

पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन्।

समाजवादी प्रेस संगठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ।’

नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो। सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने उनले बताए।

‘सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको छ हेरौँ त्यो प्रयास सफल हुन्छ कि हुँदैन,’ उनले भने, ‘देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक अवस्था कता जाने हो हेर्दै जाऔँ।’

आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने कुरा उनले स्पष्ट पारे। कम्युनिष्टबीच एकता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव नेतृत्वको नेकपा लगायतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित: ३ फागुन २०७९ ११:३८ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast