२३ ट्याक्सी कारबाहीमा

हिमाल प्रेस ३ फागुन २०७९ ७:१९ | Wednesday, February 15, 2023
२३ ट्याक्सी कारबाहीमा

काठमाडौँ- मापदण्डभन्दा बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट मंगलबार ट्राफिक प्रहरीले चेकजाँचको क्रममा कारबाही गरेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको जनाएको छ।

ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरे।

त्यसैगरी, सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुई पाङग्रे सवारी साधनका ४ हजार १ सय ९० जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ। गत मंसिर २७ गतेदेखि सुरु भएको यस अभियानमा आजसम्म ४ हजार १ सय ९० जना चालकहरू कारबाहीमा परेका हुन्।

 

प्रकाशित: ३ फागुन २०७९ ७:१९ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast