१५८ किलो गाँजासहित एक पक्राउ

हिमाल प्रेस ३ फागुन २०७९ ७:१६ | Wednesday, February 15, 2023
१५८ किलो गाँजासहित एक पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- मकवानपुरको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट प्रहरीले १ सय ५८ केजी अवैध गाँजा नियन्त्रणमा लिएको छ।
मंगलबार राति सशस्त्र प्रहरीले सो गाँजा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने विशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको जनाएको छ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको सशस्त्र प्रहरी नायव निरीक्षक शेलेन्द्र थापाले बताए।

 

प्रकाशित: ३ फागुन २०७९ ७:१६ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast