निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकारसँग भयो तीन बुँदे सहमति

हिमाल प्रेस २ फागुन २०७९ १८:२६ | Tuesday, February 14, 2023
निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकारसँग भयो तीन बुँदे सहमति

काठमाडौँ- निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धान गर्न माग गर्दै ४८ दिनदेखि काठमाडौँको माइतीघरमा अनशनरत रुबी खानसहित महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि सहमति भएको रुबी खानले बताएकी छन्। प्रधानमन्त्रीले अब भएको सहमति कार्यान्वयन गर्ने वाचा गरेपछि आफूहरू सहमत भएको उनले बताइन्।

आन्दोलनरत पक्ष र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ।

उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सूरक्षा निकायले समन्वय गर्ने सहमति भएको छ।

प्रकाशित: २ फागुन २०७९ १८:२६ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast