लागुऔषधसहित ६ जना पक्राउ

हिमाल प्रेस २ फागुन २०७९ १६:५३ | Tuesday, February 14, 2023
लागुऔषधसहित ६ जना पक्राउ फाइल तस्बिर।

काठमाडौँ- ठूलोमात्रामा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। आज मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याब्लेटसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

काठमाडौँ महानगर १६ स्थित दलाछी टोलमा रहेको सोलुखुम्बु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त लागूऔषध र ४ लाख १७ हजार रुपैयाँ बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।

शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।  त्यस्तै ब्युरोले त्रिभुवन विमानस्थलबाट थाइ एयरलाइन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम चरेशसहित पक्राउ गरेको छ।

त्यस्तै ब्युरोले काठमाडौँको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइनसहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हिरोइनसहित कोटेश्वरबाट १ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

प्रकाशित: २ फागुन २०७९ १६:५३ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast