केपी ओली भन्छन् : माओवादीले भनेको बुर्जुवा शिक्षा बहिष्कारको नारा नचाहिने कुरा हो

हिमाल प्रेस २ फागुन २०७९ १५:४६ | Tuesday, February 14, 2023
केपी ओली भन्छन् : माओवादीले भनेको बुर्जुवा शिक्षा बहिष्कारको नारा नचाहिने कुरा हो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले बुर्जुवा शिक्षा बहिष्कार गरौँ भनेर नचाहिने काम गरेको बताएका छन्।

आज मंगलबार काठमाडौँमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘बुर्जुवा शिक्षा बहिष्कार गरौँ विल्कुल नचाहिने कुरा हो। कतै उनैले विश्व विद्यालय खोलेर राखेजस्तो।’

त्यस्तै ओलीले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि नेकपा एमालेमात्रै भएको पनि बताए। उनले एमालेले सत्ताका लागि लत्रिएर कसैसँग नजिक हुन नजाने दाबी गरे। ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन,’ उनले भने, ‘राष्ट्रियताको साचो रक्षक हो यो।’

देशमा धेरै समस्या रहेको र सारा समस्या समाधानको जिम्मा एमालेको काँधमा आएको ओलीको भनाइ छ। मातृभूमिको रक्षा गर्न पनि एमालेमात्र तयार रहेको उनी बताउँछन्। ‘यो देशमा समस्या छन्। ती समस्याको समाधान हामी गर्छौँ। हामी भनेको नेकपा एमाले,’ उनले भने,’यो साधारण कुरा होइन। भोकै बस्नु, जाडोमा कठ्याङग्रिनु बिमारी हुँदा उपचार गर्न नसक्नु यो साधारण पीडा होइन। यसबाट मुक्त गर्नुपर्छ।’

उनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताए। अनेरास्वियुसँग कुनै पनि विद्यार्थी संगठनको तुलना नहुने उनको भनाइ छ।।

 

प्रकाशित: २ फागुन २०७९ १५:४६ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast