पूर्वमुख्यसचिव अर्याल पक्राउ

हिमाल प्रेस १० मंसिर २०८३ २२:२५ | Thursday, November 26, 2026
पूर्वमुख्यसचिव अर्याल पक्राउ

काठमाडौँ- मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहेका अर्याललाई प्रहरीले मोरङस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले अर्याल पक्राउ परेको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

मलेसियामा कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन तथा कारोबार भएको आरोपमा प्रहरीले यसअघि पनि विभिन्न उच्च पदस्थ सरकारी अधिकारी र अन्य व्यक्तिलाई पक्राउ गरिसकेको छ।

यस प्रकरणमा सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको थियो।

त्यस्तै, कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि यसअघि नै पक्राउ परिसकेको सीआईबीका प्रवक्ता जबराले बताए।

प्रहरीले यस प्रकरणमा संलग्नता र आर्थिक कारोबारका विभिन्न पक्षमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १० मंसिर २०८३ २२:२५ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast