ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्न कानुनी तथा नीतिगत सुधारको मस्यौदालाई अन्तिम रूप दिइँदै

हिमाल प्रेस १० मंसिर २०८३ २०:५८ | Thursday, November 26, 2026
ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्न कानुनी तथा नीतिगत सुधारको मस्यौदालाई अन्तिम रूप दिइँदै

काठमाडौँ- पूर्वाधार लगानी सम्मेलनलाई लक्षित गर्दै ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धनका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

विभिन्न ऐनमा आवश्यक संशोधन तथा कानुनी र नीतिगत सुधारसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने क्रममा आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको छ।

छलफलमा कानुनमन्त्री सोविता गौतम, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल सहभागी थिए।

पूर्वाधार लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित छलफलमा ऊर्जा क्षेत्रमा लगानीको वातावरण सहज बनाउन विद्यमान कानुनी व्यवस्था संशोधन, नीतिगत सुधार तथा आवश्यक कानुनी प्रबन्धका विषयमा मस्यौदालाई अन्तिम रूप दिने सम्बन्धमा विचारविमर्श गरिएको हो।

विकासको आधार जमिनमा मात्रै नभई नीति र कानुनमा पनि स्थापित हुनुपर्नेमा जोड दिँदै लगानीको सम्भावनालाई वास्तविक परियोजना र उपलब्धिमा रूपान्तरण गर्न कानुनी तथा नीतिगत सुधार अपरिहार्य रहेको निष्कर्षसहित छलफल अघि बढाइएको छ।

ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न आवश्यक नीतिगत स्पष्टता, कानुनी सहजता र लगानीमैत्री वातावरण निर्माणलाई यस पहलले प्राथमिकता दिएको छ।

प्रकाशित: १० मंसिर २०८३ २०:५८ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast