दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज आठ विधाका खेल सञ्चालन हुँदै

हिमाल प्रेस १० मंसिर २०८३ ६:२८ | Thursday, November 26, 2026
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज आठ विधाका खेल सञ्चालन हुँदै

काठमाडौँ- कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार आठ विधाका खेल सञ्चालन हुने भएका छन्।

प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियामा विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन्। आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल हुने तालिका रहेको छ।

तालिकाअनुसार, महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ। पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

त्यस्तै, पुरुष फुटबलको प्रतिस्पर्धा सुर्खेतस्थित मुख्य रंगशालामा दिउँसो २:३० बजे हुनेछ। महिला बास्केटबलका खेल पनि वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछन्।

यसैगरी, पौडी प्रतियोगिता बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि हुनेछ भने टेनिस प्रतियोगिता बर्दियामा हुनेछ। सुर्खेतमा हुने बक्सिङ प्रतियोगिता मुख्य कभर्डहलमा मध्याह्न १२ बजेदेखि सुरु हुनेछ। जिम्न्यास्टिक प्रतियोगिता भने सुर्खेतको मिनी कभर्डहलमा हुनेछ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित अन्य जिल्लामा पनि सञ्चालन भइरहेका छन्।

प्रकाशित: १० मंसिर २०८३ ६:२८ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast