सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा बुधबार दोस्रो दिन चार खेल सम्पन्न भएका छन्। दुवै विधाका खेलमा सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका छन्।
फुल कोर्ट (५×५) विधाअन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२-१९ अंकले पराजित गरेको छ।
त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ४७-३ अंकको फराकिलो अन्तरले हराएको छ।
थ्री बाई थ्री (३×३) विधाअन्तर्गत भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३-८ अंकले पराजित गरेको छ।
सोही विधाको अर्को खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ८-३ अंकले हराएको छ।
बुधबार दुवै विधामा खेलेको मधेस प्रदेश दुवै खेलमा पराजित भएको छ।
प्रकाशित: ९ मंसिर २०८३ १८:०८ | Wednesday, November 25, 2026
प्रतिक्रिया



