फाइल तस्बिर
काठमाडौँ- सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको तथ्य बाहिरिएको छ।
रुसको सरकारी तथ्यांक संकलन गर्ने संस्था ‘रोसस्ट्याट’ को तथ्यांकको विश्लेषणबाट यो आँकडा सार्वजनिक भएको हो।
बीबीसीले जनाएअनुसार बेलारुसको ह्याकर समूह ‘साइबर पार्टिजन्स बीवाई’ र युक्रेनको ‘साइलेन्ट क्रो’ ले गरेको साइबर आक्रमणपछि रोसस्ट्याटका महत्वपूर्ण आँकडाहरु बाहिरिएका थिए। सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका १ करोड १० लाखभन्दा बढी मृत्युका आँकडाहरु प्राप्त गरी त्यसको विश्लेषण गरिएको हो।
यो तथ्यांकले युक्रेनमाथि रुसले गरेको पूर्ण स्तरको आक्रमणले रुसभित्र मृत्युको ढाँचा कसरी बदल्यो र रुसले कति ठूलो मानवीय मूल्य चुकाउनु परेको छ भन्ने स्पष्ट गरेको छ। रोसस्ट्याट एजेन्सीले साइबार आक्रमण भएको स्वीकार गरे पनि कुनै सुरक्षित वा गोप्य जानकारी बाहिरिन नपाएको दाबी गरेको छ।



