नागरिक लगानी कोषको कार्यप्रगति प्रस्तुत गर्न निर्देशन

हिमाल प्रेस ९ मंसिर २०८३ १८:२० | Wednesday, November 25, 2026
नागरिक लगानी कोषको कार्यप्रगति प्रस्तुत गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाको अर्थ समितिले नागरिक लगानी कोषको हालसम्मको कार्यप्रगति, संस्थागत अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्न कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ।

समितिको बुधबार बसेको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको थियो।

छलफलका क्रममा कोषका कामकारबाही, उपलब्धि, वर्तमान अवस्था, समस्या तथा आगामी योजनाबारे जानकारी लिने निर्णय भएको हो।

समिति सभापति डा. कृष्णहरि बुढाथोकीले कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई यी विषयमा विस्तृत प्रस्तुतीकरण गर्न निर्देशन दिएका छन्।

समितिको निर्णयअनुसार उनले बिहीबार बस्ने समितिको बैठकमा प्रस्तुतीकरण गर्नेछन्।

प्रकाशित: ९ मंसिर २०८३ १८:२० | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast