साउदीको रियादमा आक्रमण गरेको हुथीको दाबी

हिमाल प्रेस ९ मंसिर २०८३ २१:२९ | Wednesday, November 25, 2026
साउदीको रियादमा आक्रमण गरेको हुथीको दाबी फाइल तस्बिर : एपी

काठमाडौँ- यमनका हुथी विद्रोहीहरुले साउदी अरबको रास तनुरा तेल प्रशोधन केन्द्र र राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण गरेको दाबी गरेका छन्।

बीबीसीले जनाएअनुसार हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सरीले यो आक्रमणपछि तेल रिफाइनरीमा आगलागी भएको बताएका छन्।

उनले रियादको वित्तीय जिल्लालाई तीन चरणमा निशाना बनाइएको समेत उल्लेख गरेका छन्।

रास तनुरा तेल रिफाइनरी साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो। यो साउदी अरबबाट कच्चा तेल निर्यात गर्ने प्रमुख केन्द्रहरुमध्ये एक मानिन्छ।

यसअघि साउदी अरब नेतृत्को गठबन्धनले आफ्नो हवाई रक्षा प्रणालीले साउदीको पूर्वी प्रान्तस्थित रास तनुरा नजिकै चारवटा ड्रोनलाई आकाशमै रोकेर नष्ट गरेको दाबी गरेको थियो।

यद्यपि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘फायर ट्र्याकिङ सिस्टम’ ले रास तनुराको अद्योगिक क्षेत्रमा असामान्य रुपमा तापक्रम बढेको रेकर्ड गरेको छ।

यसैबीच समाचार एजेन्सी रोयटर्सले उक्त क्षेत्रमा फैलिएको धुवाँको मुस्लोको स्याटेलाई तस्बिर सार्वजनिक गरेको छ।

प्रकाशित: ९ मंसिर २०८३ २१:२९ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast