काठमाडौँ- धरान उपमहानगरपालिका ११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
मंगलबार दिउँसो करिब १६:३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय प्रकाश तामाङको घरको कोठाभित्र खानतलासी गर्दा उक्त पदार्थ र नगद फेला पारेको हो।
नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ९ मंसिर २०८३ १२:४६ | Wednesday, November 25, 2026
प्रतिक्रिया



