तिहारपछि निरन्तर घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो

हिमाल प्रेस ७ मंसिर २०८३ ११:०५ | Monday, November 23, 2026
तिहारपछि निरन्तर घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो

काठमाडौँ- तिहारपछि निरन्तर घटेको सुनको मूल्य  (आज) सोमबार बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार (मंसिर ६) २ हजार ८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ थियो।

सोमबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले नै घटेर ३ हजार ६५ रुपैयाँ थियो ।

प्रकाशित: ७ मंसिर २०८३ ११:०५ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast