प्रहरी प्रशासन प्रदेशमातहत ल्याइनुपर्छ : मुख्यमन्त्री यादव

हिमाल प्रेस १ फागुन २०७९ १६:०५ | Monday, February 13, 2023
प्रहरी प्रशासन प्रदेशमातहत ल्याइनुपर्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नागरिकतासम्बन्धी समस्या चाँडो समाधान गर्न संघीय सरकारसँग माग गरेका छन्। २८औँ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नागरिकता समस्याकै कारण कयौं नेपाली युवाहरूको भविष्य अन्योलमा रहेकाले यसलाई गम्भीरतापूर्वक लिन उनले सरकारको ध्यानाकर्षण गराए। यसका साथै प्रदेश सरकारहरूलाई मजबुत बनाउनका लागि प्रहरी प्रशासन प्रदेश सरकारमातहत आउनु आवश्यक रहेको उनको भनाइ छ।

‘प्रहरी प्रशसन प्रदेश सरकारमातहत नहुँदा प्रहरी परिचालन, अरनखटन र कार्यसम्पादनमा समस्या हुँदै आइरहेको छ,’ मुख्यमन्त्री यादवले भने, ‘मधेश सरकारले सबैभन्दा पहिले प्रहरी समायोजन विधेयक सदनबाट पास गर्‍यो तर संघ सरकारले प्राथमिकता नदिएका कारण अहिलेसम्म प्रहरी प्रशासन प्रदेश सरकारमातहत आउन सकेको छैन।’

प्रकाशित: १ फागुन २०७९ १६:०५ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast