यी हुन् मन्त्रिपरिषद्का निर्णय

हिमाल प्रेस ४ मंसिर २०८३ १३:२९ | Friday, November 20, 2026
28
SHARES
यी हुन् मन्त्रिपरिषद्का निर्णय मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री विक्रम तिमिल्सिना ।

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी आइतबार हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ। उक्त बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट करिब १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसहित सातवटा निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मंसिर ६ र ७ गते हुने प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गर्ने र भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए।

‍चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने दुई मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको Rapid Credit Facility अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री तिमिल्सिनाले बताए।

सरकारले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णयसमेत गरेको छ।

बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६-२०३०) स्वीकृत गरेको छ। ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १३:२९ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast