बुढीगण्डकी जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्न विधेयक निर्माणमा सभामुखको ध्यानाकर्षण

हिमाल प्रेस ४ मंसिर २०८३ १२:५९ | Friday, November 20, 2026
6
SHARES
बुढीगण्डकी जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्न विधेयक निर्माणमा सभामुखको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्ने उद्देश्यसहित विकास प्राधिकरण गठन तथा आवश्यक कानुनी व्यवस्थाका विषयमा  छलफल भएको छ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, आयोजनामा विज्ञहरू तथा सम्बन्धित पदाधिकारीहरूले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) अर्यालसँग छलफल गरेका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै आयोजना सम्पन्न गर्न आवश्यक विधेयक निर्माणलगायतका विषयमा विज्ञ र सम्बन्धित पदाधिकारीहरूसँग गम्भीर छलफल भएको उल्लेख गरेका छन्।

डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा उक्त आयोजना प्रारम्भ गरेका थिए। गोरखा र धादिङ सिमानामा पर्ने बुढीगण्डकी नदीबाट उक्त योजनाले १,२०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १२:५९ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast