काठमाडौँ- मालिका गाउँपालिका-६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसहित पाँच जनालाई बिहीबार दिउँसो नेपाल प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५७ हजार ४० र चार बुक ताससहित पक्राउ गरेको हो।
धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमारसमेत २० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८८ हजार ९७० र १६ थान कौडा हित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरीले जनाएको छ।
प्रकाशित: ४ मंसिर २०८३ १२:४५ | Friday, November 20, 2026
प्रतिक्रिया



