एनपीएल : सुदूरपश्चिम तेस्रोपटक फाइनलमा, लुम्बिनीसँग भिड्ने

हिमाल प्रेस ३ मंसिर २०८३ २१:०८ | Thursday, November 19, 2026
14
SHARES
एनपीएल : सुदूरपश्चिम तेस्रोपटक फाइनलमा, लुम्बिनीसँग भिड्ने

काठमाडौँ- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रोपटक फाइनलमा पुगेको छ।

एनपीएलको तेस्रो संस्करणमा बिहीबार रोमाञ्चक खेलमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो।

उपाधिका लागि उसले शनिबार लुम्बिनी लायन्ससँग भिड्ने छ। यसअघि दोस्रो संस्करणमा पनि फाइनलमा पुगेको सुदूरपश्चिम लुम्बिनीसँग पराजित भएको थियो। त्यस्तै पहिलो संस्करणमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सँग पराजय भोग्नु परेको थियो।

बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा श्रीलंकन अलराउन्डर थरिन्डु रत्नायकेको अलराउन्ड प्रदर्शनपछि सुदूरपश्चिम फाइनलमा पुग्न सफल भयो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले चितवनलाई तीन विकेटले हरायो। २० औँ ओभरको पाँचौँ बलमा रत्नायकेले चौका प्रहार गरी आफ्नो अर्धशतक पूरा गरे भने टिमलाई जित दिलाए।

चितवनले प्रस्तुत गरेको १३४ रनके सामान्य लक्ष्य पछ्याउने क्रममा रत्नकायकेले ४२ बलमा ५३ रन बनाए। उनी नटआउट रहे। सुदूरपश्चिमले १९.५ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। यसअघि उनले बलिङतर्फ चार ओभरमा २३ रन खचिँदै दुई विकेट हासिल गरेका थिए।

रत्नायकेबाहेका सुदूरपश्चिमका लागि विनोद भण्डारीले २३ रनको योगदान गरे। त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १५, इशान पाण्डे र आरिफ शेखले १९ रन बनाए।
चितवनका लागि रञ्जित कुमारले दुई, कमलसिंह ऐरी, रिजन ढकाल, उसमा मिर र सलाउद्दिन खानले १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल खडा गरेको थियो। एलिमिनेटरमा गोल्डेन डक भएका डेविड मलानले ५१ बलमा ७१ रनको योगदान दिए। त्यस्तै सलाउद्दिन खानले १८ र कमलसिंह ऐरीले १० रन जोडे।

सुदूरपश्चिमका लागि स्कट कुगुलाइनले तीन विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट लिए। अब फाइनलमा सुदूशरपश्चिमले शनिबार दोस्रो सिजनका विजेता लुम्बनी लायन्सको सामना गर्नेछ।

प्रकाशित: ३ मंसिर २०८३ २१:०८ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast