लगातार घट्दै सुनको भाउ, तोलामा २ लाख ६० हजार ९०० मा कारोबार हुँदै

हिमाल प्रेस २ मंसिर २०८३ १०:५२ | Wednesday, November 18, 2026
लगातार घट्दै सुनको भाउ, तोलामा २ लाख ६० हजार ९०० मा कारोबार हुँदै

काठमाडौँ-  सुनको भाउ आज (बुधबार) पनि ओरालोमै छ। तिहार बिदापछि कारोबार सुरु भएयता लगातार चौथो दिन आज (बुधबार) सुनको मूल्य अरू घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ झरेको हो। हिजो मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० सय रुपैयाँमा किनबेच भएको थियो।

सोमबार सुन तोलाको २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।

प्रकाशित: २ मंसिर २०८३ १०:५२ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast