प्रविधिको दुरुपयोगबाट बढ्दै वित्तीय अपराध, प्रहरी महानिरीक्षक के भन्छन्?

हिमाल प्रेस १ मंसिर २०८३ १०:५८ | Tuesday, November 17, 2026
प्रविधिको दुरुपयोगबाट बढ्दै वित्तीय अपराध, प्रहरी महानिरीक्षक के भन्छन्?

काठमाडौँ- नेपाल प्रहरी महानिरीक्षक डा.मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशालाको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ चुनौतीहरू थपिँदै गएको बताए।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण संकलनदेखि फैसलासम्म’ रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक केसीले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरे। कार्यशालाबाट प्रमाण स‌ंकलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान हुने उनको भनाइ थियो।

उनले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, वित्तीय नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। अपराध अनुसन्धानका क्रममा सूचनाको प्रभावकारी आदानप्रदानलाई समेत थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग ३’ पुस्तक लोकार्पण गरेका थिए।

कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिसहित विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १ मंसिर २०८३ १०:५८ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast