चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट झन्डै ५० लाखको चिनी र नुन बिक्री

हिमाल प्रेस १ मंसिर २०८३ ८:४५ | Tuesday, November 17, 2026
6
SHARES
चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट झन्डै ५० लाखको चिनी र नुन बिक्री

काठमाडौँ- दाङको घोराहीमा सञ्चालन भएको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ४९ लाख रुपैयाँभन्दा बढीको चिनी र नुन बिक्री भएको छ ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय घोराहीले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट करिब डेढ महिनाको अवधिमा ४९ लाख ६८ हजार चार सय रुपियाँको नुन र चिनी बिक्री भएको हो।

चाडपर्वलाई लक्षित गरी गएको असोज १ गतेदेखि कात्तिक २० गतेसम्म सञ्चालन भएको सुपथ मूल्यको पसलबाट आठ हजार सात सय ६१ जना उपभोक्ताले ४३ हजार तीन सय सय केजी चिनी र २६ हजार छ सय केजी नुन खरिद गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराही शाखा प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए।

शाखा प्रमुख गुप्ताका अनुसार पसलबाट उपभोक्तालाई प्रतिकिलो चिनी एक सय रुपियाँ र नुन प्रतिकेजी २४ रुपियाँका दरले बिक्री गरिएको थियो । शुपथ मूल्यको पसलमा बजारको तुलनामा उपभोक्तालाई चिनीमा प्रतिकेजी ४० रुपियाँ कम र नुनमा ६ रुपियाँ छुटको व्यवस्था गरिएको थियो। बजारमा चिनी प्रतिकेजी एक सय ४० रुपियाँ र नून प्रतिकेजी ३० रुपिया पर्ने गरेको छ ।

विशेषगरी दशैँ, तिहारलगायतका चाडपर्वमा दैनिकउपभोग्य वस्तुको माग बढ्ने भएकाले सर्वसाधारणलाई सहुलियत मूल्यमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यअनुसार पसल सञ्चालन गरिएको शाखा प्रमुख गुप्ता बताए।

चाडपर्वको समयमा भएपनि छुटको व्यवस्था गर्ने उद्देश्यले पसल सञ्चालन गरिएको र राम्रो बिक्री भएको उनको भनाइ छ। साल्ट ट्रेडिङले सुपथ मूल्य पसलबाट चिनी र नुन प्रति व्यक्ति छ केजीका दरले बिक्री गरेको थियो । कार्यालयले गत वर्ष चिनी नहुँदा नुन मात्र ७२ हजार रुपियाँको बिक्री गरेको थियो।

प्रकाशित: १ मंसिर २०८३ ८:४५ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast