भारत भ्रमणमा प्रधानमन्त्रीले राष्ट्रिय हितका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने विष्णु रिजालको सुझाव

हिमाल प्रेस १ मंसिर २०८३ ७:४२ | Tuesday, November 17, 2026
4
SHARES
भारत भ्रमणमा प्रधानमन्त्रीले राष्ट्रिय हितका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने विष्णु रिजालको सुझाव

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को भारत भ्रमणका क्रममा नेपालका थाँती रहेका राष्ट्रिय हितका मुद्दा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले दुई देशबीचको मित्रता प्रगाढ बनाउने र सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने जस्ता अमूर्त विषयभन्दा आपसी सम्बन्धमा रहेका समस्याको समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने बताएका छन्।

नेपाल र भारतबीच केही महत्त्वपूर्ण मुद्दा लामो समयदेखि थाँती रहेको उल्लेख गर्दै उनले ती विषयको समाधानले नै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने धारणा राखेका छन् । वार्ताका क्रममा नेपालले आफ्ना राष्ट्रिय हितका विषय उठाउन छाड्नु भनेको ती विषय नै परित्याग गर्नुजस्तो अर्थ लाग्न सक्ने भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूको सुझाव लिनुपर्ने रिजालको भनाइ छ । सबैको शुभेच्छा र सल्लाह लिएर अघि बढ्दा प्रधानमन्त्री कमजोर नभई थप बलियो हुने उनले उल्लेख गरेका छन् ।

प्रकाशित: १ मंसिर २०८३ ७:४२ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast