मुगु- मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्।
काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार जिपमा सवार पाँच जनामध्ये काठमाडौँको कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो।
सो दुर्घटनामा परी जिप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए।
प्रकाशित: २९ कार्तिक २०८३ २०:२१ | Sunday, November 15, 2026
प्रतिक्रिया



